घोडताप्रे (सेन्टेला एसियाटिका)

घोडताप्रे (सेन्टेला एसियाटिका) कस्तूरीले आफ्नै नाभिको सुगन्ध खोज्दै जंगल डुल्ने जसरी हामी नेपाली हाम्रा तमाम प्राकृतिक स्रोतहरूलाई मध्यनजर गर्दै हरेक कुरा आयातित नै रोज्छौं। थियोडोर रुजवेल्टले भन्ने गर्थे, कुनै पनि राष्ट्रलाई समृद्धि तुल्याउन त्यहाँ रहेका प्राकृतिक संसाधनहरूलाई बहुमूल्य सम्पत्तिको रूपमा हेर्नु र आउँदो समयमा त्यसको मूल्य बढोस् भनि सतर्कता अपनाउनु जरुरी छ। राष्ट्रको अर्थतन्त्र नै कायापलट गर्ने सम्भावना बोकेको प्रकृतिका देन हुन् औषधिय बोट अनि जडीबुटीहरू। नेपालमा पाइने विभिन्न जडीबुटीहरू मध्ये एक हो, घोडताप्रे (सेन्टेला एसियाटिका)। यसलाई टाइगर ग्रास भनेर चिनिनुमा सोही कहानी जोडिएको छ। आयुर्वेद शास्त्रमा उल्लेख भएको यस जडीबुटीको असंख्य फाइदाहरू रहेका छन्। परिचय घोडताप्रे/घोलटाप्रेक्लोनल, बाह्रमासी लहरे झार हो। यो स्वादहीन, गन्द रहित हुन्छ र पानीको मुहान वा त्यसको छेउ छाउमा र दलदले माटोमा बढी फैलिन्छ। यसका पातहरिया, पंखा आकारका हुन्छन् र फूलको रंग भने सेतो, बैजनी वा गुलाबी हुन सक्छ जसको सानो अण्डाकारको फल लाग्छ। यो झारको पुरै भाग औषधिको रूपमा प्रयोग गरिन्छ। घोडता...